बागलुङको तारीखेतमा भलसहितको बाढीले दुई घर पुरिए — OSNepal

बागलुङको तारीखेतमा भलसहितको बाढीले दुई घर पुरिए

LC (KTM) September 22, 2021 0

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर