आफू निकटका खड्कालाई देउवाले पराष्ट्र्र मन्त्री बनाउन लागेपछि पौडेल पक्ष रुस्ट — OSNepal

आफू निकटका खड्कालाई देउवाले पराष्ट्र्र मन्त्री बनाउन लागेपछि पौडेल पक्ष रुस्ट

LC (KTM) September 22, 2021 0

काठमाडौं, ६ असाेज-प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।मंगलबार कांग्रेस नेता तथा सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सत्ता गठबन्धनका दलहरूबीच सहमति भएपछि पौडेलले देउवाले एकलौटी गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

पौडेलको आपत्तिपछि सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन् । देउवा पक्षका एक नेताका अनुसार आसन्न १४ औं महाधिवेशन तयारी र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीबारे बारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

देउवाले आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइसकेका छन् । परराष्ट्रमन्त्री पनि देउवाले आफू निकटका खड्कालाई बनाउन चाहेपछि पौडेल पक्ष रुष्ट बनेको हो । पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गरेका छन् । पौडेल पक्षको बैठक आज बिहान ९ बजे बोहोराटारमा बस्ने पौडेल निकट एक नेताले बताए ।

‘सभापतिले पार्टीभित्र सल्लाह गरेर नै जानुहुन्छु,’ देउवा निकट ति नेताले भने, ‘परराष्ट्रमन्त्री तत्काल आवश्यक परेकाले खड्कालाई बनाउने नेताहरूले सहमति गरेका हुन् ।’ पौडेल पक्षबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजाल परराष्ट्रमन्त्रीका दावेदार थिए ।

कांग्रेसले परराष्ट्रमन्त्री पाउने सत्ता गठबन्धनका नेताहरूबीच सहमति भएपछि देउवाले खड्कालाई जिम्मेवारी दिन चाहेको बताएका थिए । देउवाले यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा पनि गठबन्धनमा विवाद भएको थियो । देउवा नेतृत्वको सरकार गठन भएको ७१ दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनको चर्को आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर