दुखद खबर:सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइल रोहित र अनुजको उपचारका क्रममा मृत्यु — OSNepal

दुखद खबर:सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइल रोहित र अनुजको उपचारका क्रममा मृत्यु

LC (KTM) September 22, 2021 0

भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर