एजेन्सी – घरको साज–सज्जामा धेरै जना सौखिन हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर घर वा कोठमा सजाउन योग्य नहुन पनि सक्छन् । कुनै – कुनै तस्बिरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्बिरले जीवनका हरेका मोडमा नकारात्मक प्रभाव पार्छ ।
वास्तु शास्त्रको अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सुन्दर बनाउन हुँदैन । जसमा यस्ता केही तस्बिर पर्छन् जसले घरमा अशुभ गराउँछ ।। यदि कुनै तस्बिरमा पानी बगिरहेको, छागा ९छहरा० लहराइरहेको हुन्छ भने त्यस्ता तस्बिर घरमा नल्याउँनुनै उत्तम हुन्छ । किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ ।
डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्बिर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्बिर हेर्दा मानिसमा गहिरो असर पर्छ । जसले भाग्यमा बाधा पुग्ने बताइन्छ । बजारमा केहि यस्ता तस्बिर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्बिर पनि घरमा राख्न नहुने वास्तु शास्त्रमा उल्लेख छ । यदि यस्ता तस्बिर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ ।