८ दीन पछि भेटियो टीकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता भएकी १९ वर्षीया पवित्राको शव — OSNepal

८ दीन पछि भेटियो टीकटक बनाउँदा सेती नदीमा खसेर बेपत्ता भएकी १९ वर्षीया पवित्राको शव

LC (KTM) September 22, 2021 0

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’र बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको समयमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो । उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउनको लागि माइतमा आएका थिए ।

आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बेपत्ता भएपछि स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो । आज असोज ६ गते लम्सालको शव नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका (७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो । उनको शव घटना गतेको एक सातापछि फेला परेको हो ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के।सीले समय नेपाललाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर