ओमान संग मैत्रीपुर्ण खेल खेल्दै नेपाल — OSNepal

ओमान संग मैत्रीपुर्ण खेल खेल्दै नेपाल

LC (KTM) September 21, 2021 0

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल यतिबेला जुटिरहेको छ । यसै सिलसिलामा नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसअघि नेपालले भारत संग पनि काठमण्डौमा २ मैत्रीपुर्ण खेल खेलिसकेको छ । नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यी दुबै टोलीबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुने बताइएको छ । साफको तयारीका लागि यतिबेला नेपाली टिम कतारमै रहेको छ । नेपाली टिम कतारबाटै साफ गेमको लागि माल्दिभ्स जाने बताइएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर