सुदिक्षा ढुंगेलको 'चांदीको औठी' सार्वजनिक (भिडियोसहित) — OSNepal

सुदिक्षा ढुंगेलको ‘चांदीको औठी’ सार्वजनिक (भिडियोसहित)

LC (KTM) September 21, 2021 0

काठमाडौं : सुप्रिशिद्द गायिका सुदिक्षा ढुंगेलको स्वरमा रहेको गीत ‘चांदीको औठी’को भिडियो सार्वजनिक भएको छ । रमेश क्षितिजको शब्द तथा टिका भण्डारीको संगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

भारतको मथुरा वृन्दावनमा रहेर पनि नेपाली गीत संगीतको उथ्थानकोलागी लागिपर्नु भएकी गायिका ढुंगेलका केही गीतहरु सार्वजनिक भैसकेका छन । यस अघी सार्वजनिक भएका सबै जसो गीतहरुले दर्शक स्रोताको मन जित्न सफल भएका थिए ।

सुदिक्षा केहीसमय अगाडि “हाम्रो स्वाभिमान र युवा नेपाल समिति”को आयोजनामा सम्पन्न “अन्तराष्ट्रिय एकल गायन अनलाइन प्रतियोगिता २०२१” कि बिजेता पनि हुनुभएको थियो । आफ्ना पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका सुदिक्षाले जानकारी दिनु भयो ।

राधा ढुंगेलको निर्देशन रहेको सार्वजनिक गीत ‘चांदीको औठी’को भिडियोमा गायिका सुदिक्षा स्वयम फिचर्ड हुनुहुन्छ । भिडियोमा आदित्य राजपुतको छायांकन रहेको छ । भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर