पुर्व कप्तान पारष खड्का सहित यी खेलाडीले ईपीएल नखेल्ने पक्का — OSNepal

पुर्व कप्तान पारष खड्का सहित यी खेलाडीले ईपीएल नखेल्ने पक्का

LC (KTM) September 21, 2021 0

केही समय अगाडी अन्र्तराष्ट्रिय क्रिकेट बाट सन्यास लिएका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

बिराटनगर वारियर्सको कप्तान समेत रहेका उनको नाम ईपीएलले आज सार्वजनिक गरेको खेलाडीको सूचीमा पारस अटाएका छैनन् । उनकै कप्तानीमा दोस्रो संस्करणको उपाधि बिराटनगरले जितेको थियो । यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह र बलर बसन्त रेग्मीले पनि ईपीएल नखेल्ने भएका छन् ।

दीपेन्द्रले यसपालीको ईपीएल चोटका कारण गुमाउँदैछन् । दीपेन्द्र काठमाडौं किङ्स ११ मा आबद्द थिए । त्यस्तै बसन्तले को नाम पनि खेलाडीको सुचीमा रहेको छैन । उनी विराटनगरमै आबद्द रहेका थिए । उनले किन नखेल्ने भन्ने खुलाइएको छैन । चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर