नेपालमा कोरोना संक्रमणको दर घट्दो क्रममा, आज कोरोना लाग्ने भन्दा जित्नेको संख्या उच्च — OSNepal

नेपालमा कोरोना संक्रमणको दर घट्दो क्रममा, आज कोरोना लाग्ने भन्दा जित्नेको संख्या उच्च

LC (KTM) September 21, 2021 0

काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार तीन सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनामा परीक्षण गरिएको थियो ।

नेपालमा अहिले संक्रमण दर १९ दशमलब १ प्रतिशत रहेको छ । यस्तै मंगलबार दिउँसोसम्म देशभर २१ हजार पाँच सय २४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेको छ ।

यस्तै मंगलबार १८ सय ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ५४ हजार संक्रमणमुक्त भइसकेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलब ९ प्रतिशत छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५३ जनाको मत्यु भएको छ ।

मन्त्रालयका अनुसार तीन सय ३५ जना सघन उपचार कक्ष (आइसीयू), एक सय सातजना भेन्टिलेटर, २० हजार एक सय ६४ जना होम आइसोलेसन, एक हजार तीन सय ६० जना संस्थागत आइसोलेसन र दुई सय ५० जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर