हङकङ संग बराबरीमा रोकिए संगै नेपाल एएफसी महिला एसियन कपको रेस बाट बाहिरीयो — OSNepal

हङकङ संग बराबरीमा रोकिए संगै नेपाल एएफसी महिला एसियन कपको रेस बाट बाहिरीयो

LC (KTM) September 21, 2021 0

नेपाल एएफसी महिला एसियन कपको रेस बाट बाहिरीएको छ । एसियन कप छनोटको समूह चरणबाट बाहिरिए पछि भारतमा हुने एशियन कपको रेस बाट बाहिरीएको हो । यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने अवसर रहेको थियो ।

तर त्यो अवसर नेपालले गुमाएको छ । उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा खेले पछि नेपाल छनोट चरणमै चित्त बुझाउन बाध्य भएको छ । एसियन कपको सम्भावना कायम राख्न नेपालले आज हङकङ लाई जित्नै पर्ने दबाब रहेको थियो ।

तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझायो । दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् र अन्तमा बराबरीमा चित्त बुझाए । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । हङकङले १ खेलमा १ अंक जोडेको छ । शीर्ष स्थानको फिलिपिन्सले १ खेलमा ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर