काठमाडौँ ५ असोज । नेकपा एकीकृत समाजवादीको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन पेश गरेको छ ।
उक्त राजनीतिक प्रतिवेदन पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकमा पेश गरेका हुन् ।
आज पेश गरिएको प्रतिवेदनमाथि भोली बस्ने बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन् ।