अमेरिकाको जर्सी सिटी शहरद्वारा दोश्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न — OSNepal

अमेरिकाको जर्सी सिटी शहरद्वारा दोश्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न

LC (KTM) September 21, 2021 0

अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक ‘नेपालको झण्डा फहराउने दिवस’ आयोजना गरिएको छ। गत सेप्टेम्वर २० तारिख, सोमवार बिहान ११:३० बजे आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटका साथ नगर भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा संगसंगै नेपाली झण्डा फहराईएको हो।

उक्त ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै परिषद सभापति जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान परिषद सभापति एवं परिसद सदस्य रोलाण्डो लाभारो, जर्सी सिटी(शहर) र नेपालको लागि भगिनी सम्बन्ध (सिस्टर सिटी इमिसरी विशेषदूत) र जर्सी शहरको रोजगारी र तालिम संचालक समिति सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो।

अमेरिकी भूमिमा यसरी नेपाली झण्डाको झण्डोत्तोलन र नेपालको राष्ट्रगान संगसंगै खुल्ला आकासमा गुन्जिंदा उपस्थित नेपालीहरूले गुजबम्प महशुस गरेका थिए भने गर्वले छाती ढक्क फुलाउँदै शीर उँचो बनाएका थिए।

यस अघि, सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो नगर भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो । जर्सी सिटी सहरकी तत्कालिन विविधता तथा समावेसी संचालक समितिकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो।यो वर्ष सन् २०२१ को दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा आयोजना भएको हो।

उक्त समारोहमा मेयर स्टिभन फुलपलाई नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतमले नेपाली ढाका टोपी, परम्परागत आँखी झ्यालको प्रतिलिपि, विश्वको अग्लो शिखर अंकित परम्परागत नेपाली झोला उपहार स्वरूप प्रदान गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणादिएका थिए भने नगर प्रमुख फुलपले नेपाली अमेरिकी समुदाय र नेपाली महावाणिज्यदूतावासलाई सम्मान (प्रोक्लेमेसन) पत्रद्वारा मुक्तकंठले प्रसंशा गर्दै सम्मान गरेका थिए।

सोही समारोहमा नेपाली कार्यवाहक महावाणिज्यदूत गौतमले सामाजिक अभियन्ता डा. परियारलाई परम्परागत दोसल्ला ओढाएर सम्मान गरेका थिए।त्यसैगरी, समारोहमा हेल्थकेयर क्षेत्रमा कार्यरत नेपाली अमेरिकी नारीहरूलाई विशेष कदरपत्रद्वारा सम्मान गरिएको थियो।

समारोहका वक्ताहरूमा नगर प्रमुख स्टिभन फुलप, परिसद सभापतिजोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान परिसद सभापति एवं परिसद सदस्य रोलाण्डो लाभारो, भगिनी सम्बन्ध बिशेषदुत , डा. विष्णुमाया परियार र वरिष्ठ वकिल खगेन्द्र जिसीले सम्वोधन गरेका थिए। वक्ताहरूले नेपाल र अमेरिका विचको सौहाद्रता र भाईचारा सम्वन्धको चर्चा गर्दै जर्सी सिटी सहरले नेपाली पहिचानलाई उजागर गरेको उल्लेख गरेका थिए।

उक्त समारोहमा कलाकार एवं कारणका लागि महिला (वुमन फर कज)की अध्यक्ष कविना महर्जनले नेपाली राष्ट्रिय गीतमा मनमोहक नृत्याभिनय प्रस्तुत गरेकिथिईन् भने युवा नेतृ मेघा रौनियारले समारोहको सन्चालन गरेकिथिईन्।

भागिनि सम्बन्ध :

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सन् २०१९ को जनवरी २४ तारिख भगिनी सम्बन्ध (सिस्टर सिटी )बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा शहर भगिनी सम्बन्ध (सिस्टर सिटी) बनाउन जर्सी सिटी परिषद (काउन्सिल)द्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक परिसद प्रस्ताव (काउन्सिल रिजोलुसन )पारित गरिएको थियो। मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी ईमिसरी (विशेषदूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच सिस्टर सिटी बनाउन सफल भएको थियो। अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिसद सभापति (काउन्सिल प्रेसिडेण्ट) रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पुर्याउन (टिपिएस) अस्थायी सुरक्षित दर्जा सुविधा दिलाउने सम्बन्धी परिसद प्रस्ताव पारित गरिएको थियो। अस्थायी सुरक्षित दर्जा प्रस्ताव (टिपिएस रिजोलुसन) सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी (शहर ) एक मात्र अमेरिकी शहर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर