आज थप १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु — OSNepal

आज थप १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप पछिल्लो १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमण मुक्त भएका छन् । भने ५ जना संक्रमितले भने ज्यान गुमाएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर