एएफसी महिला एसियन कप २०२२ छनोट : नेपाल र हङकङ बीचको पहिलो हाफ गोल रहित बराबरी — OSNepal

एएफसी महिला एसियन कप २०२२ छनोट : नेपाल र हङकङ बीचको पहिलो हाफ गोल रहित बराबरी

LC (KTM) September 21, 2021 0

एएफसी महिला एसियन कप २०२२ छनोट खेलमा अहिले नेपाल र हङकङ आपसमा भिडिरहेका छन् । छनोटको दोस्रो खेलमा नेपालले अहिले हङकङ संग प्रतिष्पर्धा गरिरहेको हो । उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलको पहिलो हाफ गोल रहित बराबरीमा सम्पन्न भएको छ ।

केहीबेर पछि दोस्रो हाफ सुरु हुदैछ । एसियन कपमा छनोट हुन आजको खेल जित्नै पर्ने दबाब नेपाललाई रहेको छ । त्यसैले नेपाल आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदानमा खेलिरहेको छ । समूह एफ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा फिलिपिन्स संग खेलेको थियो ।

जुन खेलमा नेपाल दुई एक गोल अन्तरले पराजित भएको थियो। अग्रता बनाएर पनि नेपाल अन्तिम समयमा सम्हालीन नसक्दा पराजयको शिकार बन्नु परेको थियो । यो हारसँगै नेपाल थप दबाबमा रहेको छ आजको खेलमा। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर