गोठमा लुकाइ राखेको भरुवा बन्दुकसहित ५ जना घरैबाट पक्राउ — OSNepal

गोठमा लुकाइ राखेको भरुवा बन्दुकसहित ५ जना घरैबाट पक्राउ

LC (KTM) September 21, 2021 0

सिन्धुली: इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन्।

जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्र्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर