काठमाडौं ५ असोज । अवैध लागुऔषध चरेस सहित प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
हस्तकलाका सामानभित्र उक्त लागुऔषध राखेर ओसार पसार गर्ने समुहका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६२४ ग्राम चरेसहित प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आज मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका गिरोहका नौ जनालाई सार्वजनिक गरेको छ ।
उक्त लागु औषध गिरोहले चकटीभित्र चरेस राखेर हस्तकलाको सामानलाई विदेश पठाएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।