कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन मिल्दैन, कार्यकर्ताहरु नेताहरुको दास होइन : शेखर कोइराला — OSNepal

कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन मिल्दैन, कार्यकर्ताहरु नेताहरुको दास होइन : शेखर कोइराला

LC (KTM) September 21, 2021 0

मोरङ ५ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन नमिल्ने बताएका छन् । आज मंगलबार कोइराला निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

१३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखिएको उनको आरोप छ । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ रु त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?’

अझै कति दिन लाग्छ त्यो कार्यकर्ताहरुलाई भन्नुपर्ने बताएका उनले कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले गरेको कामप्रति पनि प्रश्न गरेका छन् ।

‘कार्यकर्ताहरु नेताहरुको दास त होइन, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?’ उनले भने। कुराकानीमा उनले राप्रपाबाट समायोजन भएर आएकाहरुलाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको प्रति उनले आपत्ती जनाएका छन् ।

उनले देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर