मकवानपुर ५ असोज । हिन्दुहरुको राष्ट्रिय जनावार गाई काटेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बकैया गाउँपालिका९११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लोहार लगायत १० जनालाई लक्ष्मी माताको रुपमा पुजा गरिने गौबध गरेको अभियोगमा आइतबार साँझ पक्राउ गरेको हो ।
गाई काटेको सुचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी घटना स्थल पुगी ५० केजी गाईको मासु सहित पक्राउ गरिएको हो ।
यस विषयमा प्रहरीले अनुशन्धानलाई अघि बढाएको छ ।