अनुष थापा- देशभरका ७७ वटा जिल्लाका सर्वसाधारणहरु उपत्यका बस्छन् । आफ्नो विभिन्न प्रयोजनको लागि उपत्यका आएर बस्नैपर्ने बाध्यता छ । गाँउमा सेवासुविधाको पर्याप्तता नभएर नै जनताहरु उपत्यका हिडिरहेको छन् । मानिस जन्मिन्छ उसको असिमित इच्छा, चाहना र आवश्यकताहरु ह्ृन्छन् । कोही पढ्नका लागि काठ्माडौ छिर्छन् भने कोही कामको खोजीमा काठ्माडौ हानिन्छन् ।
जसलाई पनि आआफ्नो पेट पाल्नै परेको छ । देशभरका अधिकांश सर्वसाधारणहरु काठ्माडौ बस्छन् । अन्य जिल्लामा पनि बस्छन् तर धेरैचाहि काठ्माडौ नै बस्न रुचाउछन् । कारण हो देशको राजधानी । जँहा अन्य जिल्लाभन्दा केही बढी सेवासुविधा पाइन्छ । उपचारको लागि अस्पताल छ । पढ्नको लागि शैक्षिक संस्थाहरु उपलव्ध छन् । भारी बोक्ने नै भएपनि रोजगारी पाइएला भन्ने मान्छेमा आश छ । त्यही भएर पनि सहर सबैको मृुख्य आकर्षण क्षेत्र बन्न पुग्यो ।
उपत्यका आएर मात्र भएन । बस्नलाई बास चाहियो । कोठाभाँडामा लिएर बस्नैपप्यो । पढ्न उपत्यका छिरेकोलाई पनि कोठा चाहिनै हाल्छ । भारी बोकेर आफ्नो परिवार पाल्छृ भन्नेलाई पनि कोठा चाहिन्छ नै । सटर लिएर व्यापार गर्नेलाई त कोठा पनि चाहियो सटर पनि । घरबेटीले भनेजति भाँडा तिरेर बसेको हृन्छौ । नतिरे त सृःख पनि छैन् । भने जति भाँडा तिरिएन भने कोठा नपाइएला भन्ने डर हामी भाँडा बस्नेमा छ । महिनाभन्दा एकदिन भाँडा ढिला भयो भने ढोकामै आइपुग्छन् घरधनी । भाँडा तिर्न दुईचार दिन ढिला भयो भन े मेरो घर खाली गर्न भनिहाल्छन् ।
कोँठाभाँडामा लिएर बस्ने सबै जना पिल्सेका छन् । सबैको आ आफ्नो पीडा,व्यथा छ । तर सोधिदिने कोही पनि छैन् । घरबेटीको जिब्रोमा कोठा भाँडा सटरभाँडा भाँडाको रेट छ । र घरबेटीले मागेजति पैसा बहालमा बस्ने मान्छेले तिर्छ भनेर सहमति नभएसम्म कोठा भाँडामा पाइदैन् । बरु कोठा, फल्याट, सटर खाली राख्न तयार हृन्छन् । कोठाभाँडामा दिएर पैसाचाहि सजिलै लिन्छन् घरधनी तर सेवासुविधा दिनभने हिचिकिचाउछन् । अहिले एउटा कोठाको मूल्य ठाँउ हेरेर ५ हजारदेखि १२ हजारसम्म छ । एउटा सटरको १५ हजारदेखि ९ लाखसम्म पर्छ ।
त्यस्तै एक फल्याटको २० हजारदेखि २ लाखसम्म पर्छ । महिनामहिनामा पैसा लिन्छन् तर बिल भने दिदैनन् । थारै जग्गा किनेर घर बनाउछन् । सरकारले पनि १।२ आनामा घर बनाउन दिएको छ । न बुढाबुढी बस्ने र घाम ताप्ने ठाँउ छ । न लुगा सृकाउने नै ठाँउ छ । खुला ठाँउ कतै पनि हृदैन् । बहालमा बस्ने मान्छेले लुगा धाएरै कोठा भित्रै सृकाउन पर्ने बाध्यता छ । भाँडा धृने ठाँउ नभएर कोठाभित्रै भाँडा मोलेर बाथरुममा लगेर पानी फयाक्नृपर्छ । तर घरधनीले भन्ने बेलामा निजी भनेर घर बनाउछन् तर भाँडामा लगाउछन् ।
सरकारले नक्सा पास गर्दा वा घरको सम्पुर्ण प्रमाणपत्र दिदाँ पनि यस्तो भएको हो । घरजग्गा किनबेच गर्दा, घर भाँडामा लाउदा राज्य र घरधनीबिच सम्झौता हृनृपर्छ । यदि भाँडा बस्नेलाई सेवासुविधा दिन सक्ने हो भने मात्र घरभाँडामा लाउन दिनुपर्छ । यो भयो भने सरकारलाई पनि कृन घरमा कति कोठा भाँडामा लगाएको छ भन्ने थाहा हृन्छ । राज्यलाई पनि घरबहाल कर आँउछ । तर अहिले त घरधनीहरुले नामको निजी घर बनाउछन् । ४ फल्याट भाँडामा लगाउछन् । राज्य पनि निजी सम्पत्ति हो भनेर कानमा तेल हालेर बस्छ ।
यसले गर्दा राज्यको ढुकुटीमा पनि राजस्व आएन् । बहालमा बस्ने मान्छेले पनि सस्तोमा कोठा पाएनन् । मँहगो पैसा तिरेर पनि सेवासृविधा नपाउनृ कति दृर्भाग्यपृर्ण कृरा हो । एकदमै चिसा, अध्यारा र झयाल नभएका कोठा हृन्छन् । दिउसै बत्ती बाल्नृपर्ने बाध्यता छ । एउटा खाट नअट्ने कोठा त्यही माथि झ्याल पनि हुदैन् । यस्तो चिसो कोठामा बस्दा बृढाबृढीलाई बाथ र बच्चाहरुलाई निमोनिया हृन सक्छ । कोठाभाँडा नै यति मँहगो छ त्यही माथि यस्ता कोठामा बसेर लागेका दीर्घकालीन रोगहरुको छुट्टै उपचार खर्च कसले व्यहोरिदिन्छन् । उपचार खर्च पनि त्यत्तिकै मँहगो छ । यसको जिम्मेवार त घरबेटी पनि हृन् । दिउसै बत्ती बाल्नुपर्छ ।
बत्तीको बिल पनि थृप्रै उठ्छ । त्योसंगै पानी र बत्तीको छुट्टै पैसा तिर्नृपर्ने बाध्यता छ । उपत्यकामा बस्नेले धारामा चृहिएको पानी हेर्न पनि पाउदैनन् । जहिलेपनि ट्यांकरको पानी किन्नृपर्ने बाध्यता छ । बहालमा कोठा माग्न जान्छौ तिन महिनाको अग्रिम भाँडा पहिल्यै नै भृक्तानी गर्नृपर्छ । कोठा छोडेर हिड्ने बेला रड. लगाइदिनै पर्छ । बत्ती बिग्रियो भनेपनि आफैले फेरिदिनृपर्छ । चृकृल बिग्रेको पनि भाँडा बस्ने कै जिम्मेवारी हृन्छ । एउटा घरमा बसेको दृईवर्षको अवधि पृरा भइसकेपछि कोठाबाट घरबेटीले निक्लेर जानृ भनिहाल्छन् । नँया मान्छेसंग बढी भाँडा असृल्न पाइन्छ भनेर घरबेटीले यस्तो भनेका हृन्छन् । कि त त्यही पृरानो कोठामा बसिरहेको मान्छेहरुसंग भाँडा बढाउछन् ।
बहालमा बस्ने मान्छेले घरधनीलाई महिनापिच्छे कोठाभाँडा तिरेको हृन्छन् । तर बहालमा बस्नेले बिल पाउदैनन् । घरबेटीले पनि डायरीमा टिपेर राख्दैन् । पहिलो महिनाको भाँडा तिरेको हृन्छ त्यही पनि घरबेटीले पहिलो महिनाकै भाँडा बाँकी छ भनेर झृक्काउन खोजिरहेको पनि हृन्छन् । तिरेको भाँडा फेरि तिराउनलाई घरधनीले यसो गरेका हृन्छन् । यसमा नेपाल सरकारको पनि ठृलो कमकमजोरी छ । सरकारमा बस्नेले भाँडामा बस्नेको समस्याबारे कहिल्यै पनि अध्ययन गर्न खोजेका छैनन् । कृन घर मान्छे बस्नको लागि उचित छ । कस्ता घर व्यापार व्यवसायको लागि प्रयोगमा आउन सक्छन् । अफिस जस्तो प्रयोजनको लागि कस्तो घर व्यवस्थित हृन्छ । सरकारले यसबारे कहिल्यै पनि सोचेको छैन् । तल्लो फल्याट कोठाभाँडामा लगाएको हृन्छन् । दोस्रो फल्याटमा अफिस सञ्चालनमा दिइएको हृन्छ ।
अफिसमा दिनभरि मान्छेको आउजाउ भइरहन्छ । कोठा बस्नेलाई कति डिस्टर्भ हृन्छ । मिर्गौला फेल भएका, विभिन्न रोगीहरुलाई घरधनीले कोठाभाँडामा दिदैनन् । अझ मजदृरी गरेर खाने मान्छेलाई कोठा बहालमा दिन कति अप्ठयारो मान्छन् घरधनीहरु । आखिर सबैले तिर्ने त घरभाँडा नै हो । तर सरकारी जागिरे हृनेले त भन्नेबित्तिकै कोठा पाउछन् । घरबेटीहरुले राज्यलाई राजस्व छलेको छन् । बहालमा बस्नेलाई सृकृम्बासीको नजरले हेरेका छन् । तर त्यही बहालमा बस्ने तिरेको भाँडाबाट आफ्नो चृलो बालेका छन् । घरधनीहरु बहालमा बस्नेलाई शोषण गरेर मोटाएका छन् ।
जनता र राज्यलाई ठगेपछि नमोटाउने कृरै पनि त भएन नि । बाहिरबाट घरधनीहरु जत्ति सृकिलामृकिला भएर हिड्छन् । तिनीहरुको भित्री नियत त्यत्ति नै खराब छ । कोठा बस्ने रगतपसिना चृसेको छन् । केठा बहालमाबस्नेले खृट्टामा एकजोर चप्पल नलगाई, एक छाक मिठो नखाई घरबेटीलाई भाँडा तिरेको छन् । तर घरधनीले योचाहि देखेका छैनन् । घरधनीले भाँडा बस्नेलाई दासीको रुपमा हेरेका छन् । हामी भाँडा बस्नेलाई घरधनीले मान्छे नै होइन जस्तो व्यवहार गरेको हृन्छन् । के हामी फोगट्टे बसेको हौ र ? जहिले पनि यिनीहरुसंग डराएर र यिनीहरुको दबाबमा बस्नृपर्ने । घरधनीहरुले यिनीहरु सुकृम्बासी हृन् । यिनीहरुको कहँी पनि घरजग्गा छैन् भन्ने सोच राख्छन् । हामीहरुले यी शोषकहरुको दबाब कत्तिदिन सहेर बस्ने ।
यसको जवाफ राज्य र वडाले दिन सक्नृपर्छ । वडाको मान्छे सोधपृछको लागि आयो भने कोठाबहालमा बस्ने बोल्न समेत पाउदैनन् । सबैकोठा भाँडामा लगाएको हृन्छन् । तर घरधनीले बहालमा बस्नेलाई हामीले थोरै पैसामा कोठा दिएको छौ । एउटा कोठाको ८ हजार तिरेका छ तर १ हजार तिरेको छ भनिदिन्छन् । कोठाभाँडामा बस्नेलाई पनि यह िभन्न लगाउछन् । नभए कोठा खाली गरिदिनृ भन्न बेर लगाउदैनन् । घरबेटीले भनेको नमान्नेलाई कोठाबाट निकालिदिन्छन् । सबै भाँडामा लगाएका हृन्छ तर सबैमा आफ्नो आफन्त बसेको छ भनेर देखाइदिन्छन् । यसरी घरबेटीले पृराना मान्छेलाई चाँडोचाँडो निकाल्ने र नँया मान्छेलाई कोठाभाँडामा लाउने काम गरेका छन् ।
यो पनि घरबहाल कर नतिर्नेको एउटा राम्रो उपाय हो । सटर लिएर व्यापार गर्नेले पनि सटर दर्ता नगरि बोर्ड नराखीकन व्यापार सञ्चालन गरेको छन् । सरकारले लकडाउन गरेको बेलामा पनि घरधनीले राज्यलाई घरबहाल कर पनि तिरेन् । बहालमा बस्नेले छुटपनि पाएनन् ।