नवलपरासी ४ असोज । मादक पदार्थ सेवन गरेका एक पिताले आफ्नै छोराको हत्या गरेका छन् ।
पाल्हिनन्दन गाउँपालिका १ रामपुरुवा बस्ने बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार ३० वर्षीय छोरा जनिस चमारको ज्यान गएको हो ।
पिताको मुक्काबाट गम्भीर घाइते भएका छोरको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । मादक पदार्थ सेवन गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा प्रहरीले पिता रबिदासलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यस विषयमा प्रहरीले अनुशन्धान सुरु गरेको छ ।