बागलुङको जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु,तीन घाइते — OSNepal

बागलुङको जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु,तीन घाइते

LC (KTM) September 21, 2021 0

बलेवा, असोज ५ गते । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । उहाँहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिनुभयो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर