पति सेफ र दुई छोरासँग आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगिन अभिनेत्री करिना — OSNepal

पति सेफ र दुई छोरासँग आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगिन अभिनेत्री करिना

LC (KTM) September 21, 2021 0

एजेन्सी । हाल बलिउड अभिनेत्री करिना कपुर आफ्ना अभिनेता पति सेफ अलि खान तथा आफ्नो दुई छोराहरु तैमुर र जेहका साथ माल्दिभ्समा होलीडे ईन्जोए गरिरहेकी छिन्। आफ्नो जन्मदिन मनाउन माल्दिभ्स पुगेकी उनले आफ्नो तथा परिवारको फोटा इन्स्टाग्राम स्टोरीमा शेएर गरिरहेकी छिन्।

हालै करिनाले शेएर गरेको बिकनी फोटो मीडीया तथा सामाजिक सञ्जालमा निकै भाईरल भईरहेको छ। यहि विच करिनाको एक पुरानो अन्र्तवार्ता पनि निकै भाईरल भईरहेको छ जहा उनले आफ्नो बलिउड यात्रा, संघर्ष र उपलब्धिको बारे कुराकानी गरेकी छिन्। नेपाल समचारपत्रमा खबर छ । यसका साथै उनले आफूले अभिनय गरेको फिल्म हिरोईन र फिल्मका लागि आफूले दिएको न्युड सिनबारे कुरा गरेकी छिन्। करिनाले उक्त अन्र्तवार्तामा दर्शकहरु आफूलाई नग्न खालको भूमिकामा देख्न तयार नभएको र उक्त भूमिका केहि नकरात्मकता भएका कारण पनि दर्शकले असहज महसुस गरेको र दर्शकबाट नकरात्मक प्रतिक्रिया आएको बताएकी छिन्। आफ्नो न्युड सिनबारे करीनाले भनेकी छिन ‘म फिल्मको लागि नग्न भएको थिए। मैले फिल्मले डिमान्ड गरेको सबकुरा गरे तर यो निकै डरलाग्दो थियो।

आफू नग्न भएपछि म निकै डराएकी थिए उक्त फिल्म अभिनय गर्दा र दर्शकले हेर्दा पनि असहज लाग्ने खालकै थियो।’आफ्नो करिअरमा धेरै प्रकारका भूमिका निभाएकी करिनाले कुनै पनि फिल्ममा न्युड सिन नदिए पनि मधुर भंडाकरको फिल्म हिरोइनमा भने न्युड सिन दिएकी थिईन्।तर सन २०१२ मा प्रदशन भएको उक्त फिल्ममा करिनाको नग्न वस्थामा अवस्थाको भूमिकाको चर्को आलोचना भएको थियो भने उक्त सिनको कारण करिनाले बदनामी झेल्न परेको थियो।यस फिल्ममा पहिले अभिनेत्री एश्वर्या राएलाई कास्ट गरिए पनि उनी गर्भवती भएका कारण फिल्म छोडेपछि फिल्म युनिटले पछि करीनालाई लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर