जसपाको साथ पाउन एक पछि अर्को माग पुरा गर्दै ओली,संविधान संशोधनका लागि ५ सदस्यीय कार्यदलको गठन — OSNepal

जसपाको साथ पाउन एक पछि अर्को माग पुरा गर्दै ओली,संविधान संशोधनका लागि ५ सदस्यीय कार्यदलको गठन

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । संविधान संशोधनका लागि सरकारले ५ सदस्यीय कार्यदलको गठन गरेको छ । हिजो बिहाबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो । ५ सदस्यीय कार्यदलमा सरकारका तर्फबाट पुर्वमहान्यायाधिवक्ता अग्नि खरेल,प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल भने जनता समाजवादी पार्टीका तर्फबाट नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

आफ्नो सरकार टिकाउन लागि परेका प्रधानमन्त्री केपी ओलीले जसपाको संविधान संशोधन गर्नुपर्ने माग गरेअनुरुप कार्यदल गठन गरेका हुन् । आज शुक्रबार जसपाका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो माग पुरा गर्न सरकारले कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका छन् ।

जसपाको संविधान संशोधन,नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश माग पुरा गर्न लागि परेका ओलीले राष्ट्रपतिलाई नयाँ सरकार गठन गर्नको सिफारिस समेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर