अभिनेता शाहरुखमाथि ठुलो बज्रपात, एकाएक बहिष्कारको बिषय ट्रेण्डिगंमा — OSNepal

अभिनेता शाहरुखमाथि ठुलो बज्रपात, एकाएक बहिष्कारको बिषय ट्रेण्डिगंमा

LC (KTM) September 21, 2021 0

मुम्बई । बलिउड अभिनेता शाहरुख खान विवादमा फसेका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनीविरुद्ध कडा आलोचना भइरहेको छ । शाहरुखलाई बहिष्कार गर्ने विषय ट्रेडिङमा समेत आएको छ । यस पटक उनी पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बन्न पुगेका हुन् । शाहरुखलाई पाकिस्तानसँग विशेष सम्बन्ध रहेको र बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पु¥याएको ट्विटर प्रयोगकर्ताले आरोप लगाएका छन् ।

उनीहरुले अभिनेता शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गर्दै अभिनेता शाहरुखले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको जिकिर गरेका छन् । सौर्य दैनिकमा खबर छ । उनीविरुद्ध गरिएका ट्विटमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुखसँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका विषयसमेत राखिएको छ ।

यी पोस्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन् । यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो चलचित्र ‘पठान’ विरुद्धसमेत धावा बोलेका छन् । उनीहरुले अभिनेता अक्षय कुमार र अजय देवगनले भारतको इतिहासलाई आफ्ना चलचित्रमार्फत् सकारात्मक रुपमा देखाइरहेका बेला शाहरुखले त्यसको उल्टो हुने काम गरेको आरोप लगाएका छन् ।

यस्तै, अभिनेता शाहरुखका ट्विटर प्रशंसक उनको पक्षमा उभिएका छन् । अभिनेता शाहरुख चलचित्रहरु चुनावी प्रचार वा कुनै विशेष समूहको स्वार्थका लागि नबनेको उनीहरुले बताएका छन् । शाहरुखको आगामी चलचित्र ‘पठान’ मा अभिनेत्री दीपिका पादूकोणको समेत अभिनय छ । उनीहरुसँगै चलचित्रमा अभिनेता जोन अब्राहम र आशुतोष रानाको समेत प्रमुख भूमिका रहेको छ । यो चलचित्रको बजेट लगभग दुईसय पचास करोड भारु रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । चलचित्रमा अभिनेता सलमान खानलाई अथिति कलाकारका रुपमा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर