सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको घटनामा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको सं’ल’ग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो ।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार यसअघि पक्राउ परेका आरोपी लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले ह’ ‘त्या गरेको खुलासा भएको हो । आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हे’प्ने गरेको, गा’ली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग ह’ ‘त्या गरी लु’टपा’ट गर्नेसम्मको योजना रहेको पाइएको छ ।
हरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा म’दि’रा पि’उ’ने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गा’ ‘ली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँ’ड्या’हा किन यसो गर्छस्’ भनी गा’ ‘ली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मा’ ‘र्छु’ भन्दै झ’ग’डा ग’र्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पा’गल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ ।
त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ ल’ठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई ह’ ‘त्या गरेको पाइएको छ ।
ह’ ‘त्यामा पाँच जनाको सं’ल’ग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले डि’प्रे’स’न’को औ’ष’धि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मा’न’सि’क रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै सं’ल’ग्नता रहेको बताएका थिए ।
तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको सं’लग्न’ता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।