संविधान भन्दा माथी कोही पनि छैन् - अमिक शेरेचन — OSNepal

संविधान भन्दा माथी कोही पनि छैन् – अमिक शेरेचन

LC (KTM) September 20, 2021 0

गुनाराम घिमिरे असोज ४, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरेचनले संविधान भन्दा माथी कोही नरहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरेचनले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गर्नभयो ।

उहाँले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेकाले दीगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर बनाउनुपर्नेमा जोड दिनुभयो ।

तीनै तहका सरकार कृयाशील रहेको स्मरण गर्दै प्रदेश प्रमुख शेरेचनले भ्रष्टाचार रहित गुणस्तरीय सेवामार्फत जनतालाई सेवा गर्नुपर्ने बताउनुभयो । हाल विश्व महामारीका रुपमा रहेको कोभिड १९ को महामारीले जनताको जनजीवन कष्टकर बनाएको बताउँदै अझै पनि महामारी अन्त्य नभएको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

संविधान दिवसको अवसरमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्रीहरु, राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख, लागएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर