पोखरामा विद्यालयको पर्खाल भत्किएर २० वर्षीय रितेशको मृत्यु — OSNepal

पोखरामा विद्यालयको पर्खाल भत्किएर २० वर्षीय रितेशको मृत्यु

LC (KTM) September 20, 2021 0

पोखरा, ४ असोज- पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल भत्किएर एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

पर्खाल पुरानो भएकाले भत्काउन लाग्दा एकैचोटि भत्किएर २० वर्षीय रितेश रामको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पर्खालले लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षाक सुवास हमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर