विपक्षी गठबन्धनहरुको बुढानिलकण्ठमा सरकार गठन विषयमा महत्वपुर्ण छलफल — OSNepal

विपक्षी गठबन्धनहरुको बुढानिलकण्ठमा सरकार गठन विषयमा महत्वपुर्ण छलफल

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ (५) अनुसार आज साँझ सम्मको समय दिएपछि यतिबेला विपक्षीदलका शिर्ष नेताहरु छलफलमा व्यस्त छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सभापति देउवा ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका माधव नेपालबिच छलफल सुरु भएको छ ।

स्रोतका अनुसार जनता समाजवादी पार्टी नेता उपेन्द्र यादव पनि नयाँ सरकारको विषयमा छलफल गर्न देउवा निवास पुग्दै छन् । नयाँ सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने बुझिएको छ ।संसदमा विश्वासको मत नपाइने भएपछि ओलीले राजीनामा नदिई फेरि संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर