२ करोड जरिवाना र कैद सजाय पाएका बुढानीलकण्ठ बस्ने थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइयो — OSNepal

२ करोड जरिवाना र कैद सजाय पाएका बुढानीलकण्ठ बस्ने थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइयो

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । बैंकिङ कसूर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ६७ वर्षीय कृष्णबहादुर थापा रहेका छन् । थापा उपर उच्च अदालत पाटनले थापालाई गत मंसिर २२ गते एक करोड २५ लाख बिगो जरिवाना र १७ दिन कैद सजायको फैसला सुनाएको थियो ।

साथै उनी उपर अर्को मुद्धामा समेत उनलाई ७५ लाख बिगो जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो । फैसला सुनाएपछि फरार अभियुक्त थापालाई जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँगको समन्वयमा शनिबार वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरी काठमाडौं ल्याइएको महाशाखाले जनाएको छ ।

रविन्द्र थापाले दिएको जाहेरीको आधारमा उनलाई जरिवाना सहित कैद सजाय सुनाइएको थियो । थापालाई सोही कसुरमा अर्का व्यक्ति राजन श्रेष्ठको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने १७ लाख रुपैयाँ र त्यसको कानून बमोजिम हुने ब्याज समेतको बिगो तिर्नुपर्ने फैसला सुनाइएको थियो ।

हाल उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर