ईटहरी अस्पताललाई क्यारितासको सहयोग , ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण — OSNepal

ईटहरी अस्पताललाई क्यारितासको सहयोग , ६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

LC (KTM) September 20, 2021 0

क्यारितास नेपालले इटहरी अस्पताललाई आज एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्रण गरेको छ । क्यारितासले ५ लाख ८२ हजार वरावरको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको हो । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका विच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरे ।

क्यारितासले १० थान सेमि फोल्टिड वेड र म्याटे«स,१० पिस ब्यालाङ्गकेट,२ सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स,सय थान पिपिइ सेट,७८ वोत्तल सेनिटाइजर,२० प्याकेट सर्जिकल ग्लोब्स,१ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट,२० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो ।

उपप्रमुख लक्ष्मी गौतमले क्यारिटासको सहयोग वाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने वताउदै धन्यावद ज्ञापन गरे । इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने वताए ।

क्यारिटास नेपालका देवेन्द्र पोखरेलले क्यारिटास विपदका वेलामा स्थानीय सरकार सँग सँगै रहेको वताए । उनले कोभिडसँग जुध्न ११ जिल्लामा १० करोड वरावरको स्वास्थ्य समाग्री सहयोग गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर