अपराह्न चार बजेर ३० मिनेटमा भूकम्पको धक्का, दार्चुला केन्द्र — OSNepal

अपराह्न चार बजेर ३० मिनेटमा भूकम्पको धक्का, दार्चुला केन्द्र

LC (KTM) September 20, 2021 0

काठमाडौं, ४ असोज । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर