बिग बोस ओटीटीकी प्रतिष्पर्धी समेत रहेकी उर्फी जाबेद आफ्नो फेसन सेन्सलाई लिएर सधै चर्चाको पात्र बन्ने गरेकी छिन् । उर्फी यस दिन आफ्नो एयरपोर्ट लुक्सलाई लिएर एकदमै चर्चाको शिखरमा रहेकी छिन् ।
मोजा बाट बनेको ब्रा लगाएपछि अब उर्फी जाबेद एयरपोर्टमा एकदमै अजिब लुक्समा देखिएकी छिन् । यसपटक उर्फी एयरपोर्टमा क्रप टप तथा पेन्ट लगाएर देखिएकी थिईन् । यस आउटफिटमा गजबको कुरा के थियो भने उनले लगाएको पेन्टको बटन खुल्ला छोडिएको थियो ।
यसैबीच उनको यो लुक एकदमै भाइरल भएको छ । उर्फी जाबेदको कैयौ तस्बीर सामाजिक सञ्जालमा छाएको छ जसमा उनी क्यामराको लागि पोज दिईरहेको देख्न सकिन्छ । उनले लामो स्लीब्सवाला क्रप टप लगाएकी छिन् त्यस्तै चेक डिजाइनवाला पेन्ट लगाएकी छिन् ।
उर्फी जाबेदको यो स्टाइल अहिले एकदमै ट्रोल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई प्रचारको लागि यो सबै गरेको बताएका छन् । एक युजरले प्रतिक्रिया दिदै भनेका छन्– कोही कोही पागल भएका छन्, प्रचारको लागि जे पनि गर्दिने ?