पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले वृद्धि — OSNepal

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या दोब्बरले वृद्धि

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणबाट ८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित भन्दा पनि संक्रमण मुक्त हुनेको संख्या दोब्बरले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर