संखुवासभा सामुहिक हत्या : घटना योजनाबद्ध ,चिर्पटले हानेर छुरा प्रहार, अनुकूल मिले धनमालसमेत लाने योजना — OSNepal

संखुवासभा सामुहिक हत्या : घटना योजनाबद्ध ,चिर्पटले हानेर छुरा प्रहार, अनुकूल मिले धनमालसमेत लाने योजना

LC (KTM) September 20, 2021 0

काठमाडौँ । संखुवासभा भएको सामुहिक हत्याको प्रमुख योजनाकार पक्राउ परेका छन् । एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाका मुख्य योजनाकार लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की मुख्य योजनाकार भएको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

प्रहरीले जारी गरेको अनुसन्धान सम्बन्धि प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घटना योजनाबद्ध ढंगबाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसी बनाएको, योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजबहादुरको घरमा भएको धनमालसमेत लाने योजना रहेको ।’

उक्त घटनामा तेजबहादुरकी आमा ८४ वर्षीय पार्वती, ५४ वर्षीय श्रीमती कमला, ३२ वर्षीय बुहारी रञ्जना, ८ वर्षीय नाती दिपेन र ५ वर्षीय नातिनी गोमाको हत्या भएको थियो ।
घटनामा लोकबहादुरले चिर्पटले हान्ने र हस्तबहादुर र नरेशले एकपछि अर्को गरी छुरा प्रहार गरेको प्रहरीको अनुशनधानबाट खुल्न आएको छ । घटनाको अघिल्लो दिन राति ८ बजे नै हत्या गर्ने योजना बनाएका थिए ।

प्ररहीले लोकाबहादुर घरमा रगत पखालेर छुरी लुकाएको र तथा रगत लागेको कपडा बरामत गरेको थियो । यदि यो घटना थाहा भयो भने पनि थाहा नपाएको जस्तो गर्ने र प्रहरीले पत्ता लगायो भने लोकबहादुरको मानसिक अवस्था ठिक नभएको भनी घटनाको जिम्मा लोकबहादुरलाई नै लगाउने उनीहरुको योजना भएको प्रहरीले जनाएको छ । लोकबहादुरले मानसिक औषधि खाने गरेको पनि खुल्न आएको छ ।

सुरुमा ६ जनाको हत्या गर्ने एक जना पक्राउ परे पनि अहिले ५ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर