बाटो बिर्सेर अलपत्र परेका नायक कार्तिकले पुलिस संग मागे सहयोग, पुलिसहरुले लिए यसरी सेल्फी — OSNepal

बाटो बिर्सेर अलपत्र परेका नायक कार्तिकले पुलिस संग मागे सहयोग, पुलिसहरुले लिए यसरी सेल्फी

LC (KTM) September 20, 2021 0

बलिउडस्टार कार्तिक आर्यन एक चर्चित नायक रहेका छन् । कार्तिक आफ्नो मेहनतको भरमा कम समयमा एक ठुलो सफलता हाँसिल गर्न सक्षम नायकमा पर्छन् । कार्तिक आफ्नो अभिनय संगै उनको स्टाइल तथा गुड लुक्सका कारण फ्यान माझ लोकप्रीय रहेका छन् ।

उनले आफ्नो यहि क्षमताका कारण बलिउडका सेलिब्रेटीहरुलाई पनि आफ्नो फ्यान बनाउन सफल छन् । उनको अहिले एकदमै दिलचस्प भिडियो बाहिर आएको छ। भिडियोमा देख्न सकिन्छ कि पुलिसहरु पनि कार्तिकलाई देखेर उनी संग सेल्फी लिन र इन्जोय गर्न पछि पर्दैनन् ।

कार्तिक अहिले पंचगनीमा आफ्नो अपकमिंग फिल्म फ्रेडीको शुटिंग गरिरहेका छन् । पहाडमा ड्राइभ गर्दै गर्दा कार्तिकले गलत टर्न लिएर बाटो भुलेका थिए । तर त्यहि बाटोमा पुलिसहरु भेटिन्छन् । पुलिसहरुले उनलाई बाटो त देखाई दिन्छन् तर कार्तिक लाई देखेर उनीहरुको उत्साह रोक्नै सक्दैनन् ।

कार्तिक लाई भेटेर पुलिसहरु पनि एकदमै खुशी हुन्छन् । उनीहरुले कार्तिक संग सेल्फी समेत लिन्छन् । पुलिसहरुले उनी संग सेल्फी लिदै द्धभन्छन्– सर तपाईलाई शुटिंगको लागि ढिलो त भईरहेको छैन । यसको जवाफ दिदै कार्तिकले मजाक गर्दै भन्छन्– भएको छैन तर सरहरुले मलाई जरुर ढिलो चाहि गराई दिनु हुन्छ होला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर