लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले विपक्षीको अवरोधका बिच पनि बजेट पारित गरियो — OSNepal

लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले विपक्षीको अवरोधका बिच पनि बजेट पारित गरियो

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । संसदमा एमालेको विरोधका बिच पनि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरेका छन् । प्रतिपक्षी नेकपा एमालेको नारावाजी र विरोधका बाबजुत पनि बजेट पारित गरिएको हो ।

बिधेयक पारित भएपछि संसद बाहिर पत्रकारहरुसँगको कुराकानीमा अर्थमन्त्री शर्माले बजेट लामो समय रोक्नु समस्या भएको भन्दै उनले बाध्यताले पारित गरिएको बताएका छन् । ‘लामो समय बजेट रोकेर राख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँसँगै लैजानुपर्ने बाध्यता हो’ उनले भने । विपक्षीसँग वार्तालाई निरन्तरता दिएको पनि बताएका छन् ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ ।

बहुमतले बजेट पारित भएसगै अब अर्को संसद बैठक असोज ७ गते बस्ने गरी बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर