प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी — OSNepal

प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

LC (KTM) May 21, 2021 0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ ।अधिवक्ताद्धय वीरभद्र जोशी र सन्तोष भण्डारीले राष्ट्रपतिले गरेको सरकार गठनको आव्हान गैरसंवैधानिक भएको भन्दै छ्ट्टाछुट्टै रिट हाल्ने तयारी गरेका छन् ।

संविधानको धारा ७६९५० बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको हो ।भण्डारीले शुक्रबार साँँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यलाई आव्हान गरेकी थिइन् ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त भएपछि संसदबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाभएपनि त्यलाई पन्छाउँदै राष्ठ्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर