काठमाडौं ४ असोज । आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।
आफ्नो माग पुरा नभएसम्म संसद चल्न नदिने भन्दै गत भदौ २३ गते देखि चलेको संसद बैठकमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । आज सरकारले जसरी पनि संसदबाट बजेट पारित गर्नै दबाब रहेका छ ।
संवैधानिक मर्यादा कायम गर भन्दै एमालेले विरोध गर्दै नारा लगाइरहेका छन् । विरोध जनाउँदै गर्दा पनि सरकारले संसद बैठक भने जारी राखेको छ ।