गैरकानुनी रुपमा अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ — OSNepal

गैरकानुनी रुपमा अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ

LC (KTM) September 20, 2021 0

काठमाडौं- गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने ६० नेपाली जर्मनीमा पक्राउ परेका छन् ।काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने उनीहरुलाई फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने जर्मन सुरक्षा निकायले बताएको छ ।

पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा रहेको बताइएको छ । आफन्तको विशवासमा परेर उनीहरुले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर