बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते,चालकको अवस्था गम्भिर — OSNepal

बैतडीमा जिप दुर्घटना हुँदा तीनजना घाइते,चालकको अवस्था गम्भिर

LC (KTM) September 20, 2021 0

बैतडी, ४ असोज – बैतडीको दशरथचन्द नगरपालिका- २ देहिमाण्डौँमा जिप दुर्घटना हुँदा तीनाजना घाइते भएकाछन् । दशरथचन्द नगरपालिका-७ ढणौनबाट देहिमाण्डौँ तर्फ आउदैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २६ वर्षीय चालक जनक चन्दको हातमा गम्भीर चोट लागेकाे भने बाँकी दुईजनाकाे अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर