पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला — OSNepal

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

LC (KTM) September 20, 2021 0

जनकपुरधाम, ४ असाेज- धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया श्रमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हाे ।

सोमबार स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर घटनाको मुचुल्का बनाई शवलाई पोस्टमाटमको लागि लागि जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा पठाउने तयारी गरिरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राना भाटले जानकारी दिए ।

स्थानीयका अनुसार घरायसी विवादका कारण अर्चानाले छोरालाई लिएर पोखरीमा हामफालेर आत्म ह त्या गरेको हुक्सने आशंका गरेका छन् । घटनाको अनुसन्धान गरिरहेको उपरीक्षक भाटले बताए । ‘के कारणले घटना भएको अहिले खुलेको छैन, उनले भने,‘चाडै नै घटनाबारे सार्वजनिक हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर