काठमाडौँ ७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने बताएका छन् । आज आफ्नो समुहको मात्र संसदीय दलको बैठक बोलाएका ठाकुरले बैठकमा जानु अघि सञ्चारमाध्यहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अघि भने, ‘हामी निकास दिन्छौं ।’
निकास दिनको लागि आफ्नो पार्टी प्रयत्तनशील भएको दावी गरेका ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफलहुने पनि जानकारी गराएका छन् । बैठक सिंहदरवारमा बस्दै छ ।