चाड पर्व लक्षित प्रहरीको गस्ती सुरु — OSNepal

चाड पर्व लक्षित प्रहरीको गस्ती सुरु

LC (KTM) September 20, 2021 0

चाड पर्वलाई लक्षित गरी कञ्चनपुरको बेलौरीमा प्रहरी गस्ती । इलाका प्रहरी कार्यालय बेलौरीले चाड पर्वलाई लक्षित गरी लामो दूरीको गस्तीको कार्य सुरु गरेको छ ।

‘हेल्लो परामर्श सेवा’ बन्द-दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गाैलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।

सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पु¥याइदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ ।

सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाले जानकारीदिनुभयो । “सेवा त सुरु गरियो तर, खै किन हो ? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन् । त्यसैले अहिले बन्द गरेका छौँ ।” उहाँले भन्नुभयो । “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो । सोचेजस्तो भएन ।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर