यसकारण निराश छिन् प्रियंका चोपडा — OSNepal

यसकारण निराश छिन् प्रियंका चोपडा

LC (KTM) September 21, 2021 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले केही महिनाअघि आप्mनो आत्मकथा अन्फिनिस्ड विवादमा परेको छ। उनले उक्त आत्मकथामा आफ्नो व्यवसायिक तथा व्यक्तिगत जीवनबारे विभिन्न किस्सा समावेश गरेकी छिन्।

उक्त किताबलाई लिएर मिश्रित प्रतिक्रिया पाइरहेकी प्रियंकालाई केही पाठकले भने किताबमा उल्लेख विभिन्न घटनाको सन्दर्भमा व्यक्तिहरूको नाम लुकाएर पाठकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्। उनको किताबबारे प्रतिक्रिया दिने क्रममा पाठकहरूले साँचो कुरा उल्लेख नगरेको समेत आरोप लगाएका छन्। प्रियंकाले किताबमा उल्लेख गरेका घटनामध्ये एउटामा आफू फिल्म क्षेत्रमा आउने बेला एक निर्देशकले शरीरका अंगहरू परिवर्तन गर्नुपर्ने जस्ता सुझाव दिएको जस्ता घटना उल्लेख छन्। त्यस्ता संवेदनशील घटनामा समेत ती व्यक्तिहरूको नाम उल्लेख नगरेको भन्दै पाठकहरूले प्रियंकाको आलोचना गरेका छन्।

पाठकहरूलाई जवाफ दिँदै प्रियंकाले भने सामाजिक सञ्जालमार्फत अन्फिनिस्ड आफूले आफ्नो बारेमा लेखेको किताब भएकाले अन्य व्यक्तिको बारेमा लेख्न जरुरी नठानेको जनाएकी छिन्। ‘राजधानि दैनिकमा खबर छ । यहाँ मेरो कथाहरू समावेश छन्। त्यसकारण अन्य व्यक्तिको नाम किन उल्लेख गर्नुरु’

प्रियंकाले मानिसहरूले आफूबाट गसिप चाहेको र आफ्नोबारे गसिप बनाएर मज्जा लिन नपाएको कारण किताबबारे यस्तो प्रतिक्रिया दिएको टिप्पणीसमेत गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर