भोली बाट नयाँ नोट साट्न सकिने — OSNepal

भोली बाट नयाँ नोट साट्न सकिने

LC (KTM) September 19, 2021 0

नेपालीको महान चाड दशै तथा तिहार नजिकिदै जादा बैंक तथा वित्तीय संस्थाले नयाँ नोट बितरण गर्ने भएको छ । भोली देखि नयाँ नोट उपलब्ध गराउने भएको हो । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागले जनाए अनुसार काठमाडौँ उपत्यकाभित्र भोली देखि इजाजत प्राप्त गरेका वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

नजिकको शाखा कार्यालयमा गइ नयाँ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । साथै राष्ट्र बैंकले कोरोनाको संक्रमणलाई मध्यनजर राखेर नोट सटही कार्य गर्न अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर