बिग बोस ओटीटी जितेपछि खुशी मनाउँदै दिब्या अग्रवाल , ब्वाइ फ्रेण्ड बरुण सूद संग काटिन केक — OSNepal

बिग बोस ओटीटी जितेपछि खुशी मनाउँदै दिब्या अग्रवाल , ब्वाइ फ्रेण्ड बरुण सूद संग काटिन केक

LC (KTM) September 19, 2021 0

रियालिटी शो क्वीन दिब्या अग्रवाल बिग बोस ओटीटीकी बिजेता बनेकी छिन् । शनिबार भएको बिग बोस ओटीटीको ग्राण्ड फिनाले सम्पन्न भएको छ । जसमा सबैलाई पछाडी पार्दै दिब्या अग्रवालले शो को बिजेता बन्न सफल भएकी छिन् ।

बिग बोस ओटीटी जितेपछि अब दिब्या आफ्नो जितलाई आफ्नो ब्वाईफ्रेण्ड बरुण सूद तथा आफ्नो नजिकका साथी तथा परिवार संग मिलेर सेलिब्रेट गरिरहेकी छिन् ।

उनले मनाएको यो खुशी उनको ब्वाइफ्रेण्ड बरुण सूद तथा रोडीज फेम एक्टर रणबिजय सिंहले इन्ष्टाग्राम स्टोरीमा शेयर गरेका छन् । शेयर गरेको उक्त भिडियोमा दिब्या केक काटेर आफ्नो खुशी साटीरहेको देख्न सकिन्छ ।

बरुणले सेलिब्रेशनको भिडियो शेयर गर्दै आफ्नो लेडी लभलाई लेखेका छन्– मलाई तिमी प्रति गर्व छ । उक्त भिडियोमा रणबिजय सिंह पनि दिब्याको तारीफ गर्दै गरेको देख्न सकिन्छ ।

दिब्या अग्रवालले बिग बोस ओटीटीको पहिलो सिजनको ट्रफी संगै २५ लाख नगद समेत जितेकी थिईन् । उनी संगै टप ५ फाइनालिस्टमा राकेश बापट, शमिता शेट्टी, दिब्या अग्रवाल, प्रतीक सहजपाल तथा निशान्त भट्ट थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर