इटहरी उपमहानगरपालिकाले अपाङ्गता भएकाहरुलाई सामाग्री वितरण गरेर संविधान दिवस मनायो — OSNepal

इटहरी उपमहानगरपालिकाले अपाङ्गता भएकाहरुलाई सामाग्री वितरण गरेर संविधान दिवस मनायो

LC (KTM) September 19, 2021 0

इटहरी उपमहानगरपालिकाले अपाङ्गता भएकाहरुलाई सहयोगि समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ । इटहरी गोल चौकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन गरे ।

यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण अभियानको शुभारम्भ गरे । आज सुरु भएको अभियान अन्र्तगत विभिन्न वडाहरुमा गरि ३ सय ९३ जना अपाङ्गता भएकाहरुलाई सहयोगी समाग्री वितरण गरिने जानकारी दिए ।

सामाजिक विकास समितिका संयोजक इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई जीवन जीउने क्रममा सहजता पुगेको वताए ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले सहयोगी समाग्रीहरु हिवलचेयर,वाकर,सेती छडी लगायतका कारण ब्यक्तिगत जीवन पहिलेको भन्दा सहज हुने विश्वास ब्यक्त गरे । सोही कार्यक्रममा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २ जना ब्यक्तिहरुलाई उपमेयर लक्ष्मी गौतम र वडाध्यक्ष चन्द्र भटटराईले सिलाई मेशिन समेत प्रदान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर