कौशलको गीतमा यि ह्यान्डसमसँग गरिमाको रोमान्स — OSNepal

कौशलको गीतमा यि ह्यान्डसमसँग गरिमाको रोमान्स

LC (KTM) September 19, 2021 0

काठमाडौं-लामो समय देखि आधुनिक गीत गायन क्षेत्रमा सक्रिय रहँदै आएका गायक कौशलराज खड्काको आवाजमा रहेको ‘तिम्रो काखमा’बोलको गीत सार्वजनिक भएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको यस गीतको शब्द रिता भण्डारीको रहेको छ भने मोडल गणेश हमाल र गरिमा शर्माको अभिनय रहेको छ । त्यस्तै यस गीतमा मनोज चौलागाइको संगीत तथा एरेञ्ज रहेको छ ।

दर्जनौं गीतहरुमा स्वर भरीसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गीतमा एउटा प्रेमी, प्रेमीका बिचको मायालाई शब्द र संगित मार्फत व्यक्त गर्न खोजिएको छ । सियोन श्रेष्ठले निर्देशन गरेको सार्वजनिक यस गीतलाई अनिल रानाले सम्पादन गरेका छन् । यस गीतको भिडियो ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर