दीपक थापा मैथानेको कलाकारिता मोह — OSNepal

दीपक थापा मैथानेको कलाकारिता मोह

LC (KTM) September 19, 2021 0

काठमाडौं । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका कलाकार दीपक थापा मैथाने मगर परवासको व्यस्त समयका बावजुत पनि कलाकारितमा निरन्तर समर्पित छन् । बेलायतमा हुने कलाकारिता सम्बन्धी गतिबिधिमा दीपक भ्याएसम्म पुग्छन् । नपुगे पनि हरेक गतिबिधिको जानकारी राख्छन् । केही समय अगाडी मात्रै गीत ‘बैगुनी’ सार्वजनिक गरेका कलाकार दीपकको शब्द श्रृजना रहेको गीतले राम्रो चर्चा कमायो ।

यसैबिच सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियोमा पनि कलाकार दीपकको अभिनय देख्न सकिन्छ । गीतमा दीपकका अलावा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी , मगर, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ।

सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आङबुहाङका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो। दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ। भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन्। हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर