नेपाल ओमन बिरुद्ध जितको नजिक , ज्ञानेन्द्रले बनाए अर्धशतक — OSNepal

नेपाल ओमन बिरुद्ध जितको नजिक , ज्ञानेन्द्रले बनाए अर्धशतक

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेका छन् ।

ओमान बिरुद्ध जवाफी ब्याटिंग गरिरहेको नेपालका लागि ज्ञानेन्द्रले २ छक्का ४ चौका सहित ४४ बलमा ५१ रन बनाउँदै अर्धशतक पुरा गरेका हुन्। उनी संगै ब्याटिंगमा राम्रो साझेदारी गरेका आशिफ शेख भने ४० रन बनाएर आउट भएका छन् । ओमानले नेपाल समक्ष १ सय २२ रनको लक्ष्य दिएको थियो ।

सोही लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालको दोस्रो विकेट झरेको छ । नेपालका ओपनर कुशल भुर्तेल र आशिफ आउट भएका छन् । नेपालले यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपाल जितको नजिक रहेको छ ।

१७ ओभरमा २ विकेटको क्षतीमा १२० रन बनाएर खेलिरहेको छ । यसअघि करण केसी र सन्दिप लामिछाने चम्किदा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर